Friday, April 20, 2018

मह कथा

साझ पख ट्रेडमिलमा दौडिदै थिय यकजना दाइको कल आयो " भिर मौरिको मह काडेको हेर्न जाने हो, प्रश्न आउने बित्तिकै मेरो जवाफ आयो हुन्छ, मलाई पनि पहिलो पटक भिर मौरिको मह काडेको हेर्ने मन थियो भोलि पल्ट सबेरै उठेर झोला कसे लागियो ताजे भन्ने गाउको यात्रा तिर

सङ्गै जाने भनेका धुर्बदाइले यौटा पुरानो मोटरसाइकलको ब्यबस्था गर्नुभयको रहेछ, नजिकको उदिपुर बजारबाट दोर्दी खोलाको किनारै किनार ताजे तिर लागियो

चट्टाननै चट्टान खनेर बनाइयको बाटो, उकालोमा खासै नतान्ने मोटरसाइकल, यौटा सिट, अनि हामी दुई जाना यात्रा निकै यादगार रह्यो गाउँ पुग्न लाग्दा बाइकले पुरै तान्न छाडिसकेको थियो | धन्न यौटा जिप देखियो बाटोमा बाइक बाटोमा साइड लगायर लक गर्यौ अनि जिपलाई इसारा दियौ ३० मिनेटको यात्रा पश्चात् पुगियो ताजे ताजे लमजुङ जिल्लाको अन्तिम गाउँ रहेछ त्यहा भन्दा माथी घना जङ्गल अग्ला सेता हिमालहरु, हामिलाइ लिन बाटोमै  सोही गाउका मनराज घले कुरिरहेका थिय घले ध्रुब दाइका साथी थिय भोको पेटले पहिला खाजा माग्यो,अनी करिब घन्टाको हिडाइ पश्चात गन्तव्य देखियो वारि बाट, गन्तव्यको अबलोकन पश्चात् हामी मनराजको घर तर्फ फर्कियौ साझमा|

बेलुका आमाले मकैको भात, मकैकै दाल, अनि फर्सिको बियाको अचार पकाउनु भयको रहेछ मेरो लागि पहिलो अनुभव थियो निकै मिठो मानेर खाइयो बिहानको सुर्योदय संगै आमाले सबेरै उठेर तयार पारेको खोले नुन चिनी हालेको फिक्का चिया खायौ गन्तव्य तिर लागियो, गन्तव्य बहुत कठिन थियो|

मह काड्न जाने उत्साहले दिउँसो खाजा लान भुसुक्कै बिर्सियछौ| बिहान बिहानै डेढ घन्टाको बाटो हिडेर जादा भोक लागिसकेको थियो, मह काड्ने केही साथीहरु खोलाको किनारमा दाल भातको ब्यबस्था गर्दै थिय, ती ब्यक्तीहरु मनराजको साथी भयकाले हामिलाइ घुलमिल हुन सहज भयो खाना संगै खाइयो, मह शिकारिहरु केहि दिन अगाडि देखिनै भिर सम्म पुग्नका लागि खोलामा पुलको निर्माण भिरमा बाटाे बनाइसकेका रहेछन, लहरा ढुङ्गा सामाउदै प्रत्यक पाइलामा केही समय रोकिदौ जिन्दगिको महत्त्व सम्झदै  उकालो लागियो मलाइ थाहा थियो मेरो जिन्दगी यौटा गलत पाइला भन्दा टाढा थियन जति सक्दो संयम हुन खोज्दै थिय, आमा बुबा आफन्त सबै क्रमश दिमागमा घुमिरहेका थिय तल हेर्दा काहाली लाग्दो भिर तर मनराज उहाका साथीहरुले बहुत सहयोग गर्नुभयो पाहाड छिचोल्न

यौटा टेक्न अलिकती बस्न मिल्ने ठाउमा के पुगेका थियौ मौरी आयर जिउ भरी बस्न थाल्यो, चल्न सकियो नचली बस्न सकियो कोहि साथी हरु स्याउला बालेर धुवा निकालिरहेका थिय, मौरिको टाेकाइ भन्दा धुवा नै ठिक पसियो धुवा भित्र
दिउँसो भरी भिरमा बसेर भिरमा चढेर बहुत तस्बिरहरु लिगे, मलाइ मह शिकारिको साहास देखेर पटक पटक मन आत्तिरह्यो आँखा ओबानो रहन सकेन आँखा अघिको दृश्यले मलाइ फोटाे खिच्नका लागि साहास पनि मिल्यो

धुवाको मुस्लो भित्र बसेको घन्टा भैसकेछ, शिकारीहरु मह निकाल्न ब्यस्त थिय हामिले चाख्न पनि नपाइने कारण थियो भिर मौरिको मह बहुत लाग्दो रहेछ लागेपछी त्यो भिरको बाटो झर्न मुस्किल थियो दिउँसो भरी मौरी फोटाे दृस्याबलोकनमा ब्यस्त भैयो यक हुल मौरी मेरो जिउभरी धुवाको प्रबाह नगरी हिडिरहेका थिय, धुवा उस्तै ठाउ उस्तै मनले परिवार कति सम्झियो सम्झियो|

फेरि अर्कोतीर भोको पेटको दुखेसो, खानेकुरा पनि केही थियन, धन्न अलिकती खाना बाकी रहेछ दाल सकिइसकेको खाली गेलिनमा अलिकती पानी हाले, त्यहि नुनिलो पानी सङ्ग अलिकती भात खाय, जसोतसो अलिअली भोक मेटियको थियो यता मुखभरी मौरिले टोकेको पीडा खप्नु पर्ने थियो अनुहारमा अकबरे दले जस्तै पोलिरहेको थियो| अब तल झरौ भन्ने भयो खोलामा आयौ मैले हिमाल बाट आयको दोर्दीखोलाको चिसो पानीमा अनुहार डुबाय केही आनन्द मिल्यो खोलाकै किनारमा मनराज गोठालो जादा खाने यौटा कलिलो बुट्टयान रहेछ त्यही खादै भोक धकेल्दै मौरी शिकारि लाई कुरिरह्यौ उनिहरु आउदा राती भैसकेको थियो अलिकती मह किन्यौ उनिहरु सङ्ग जङ्गल छिचोल्दै मनराजको घर तिर लाग्यौ ठाउ यस्तो अनकन्टार थियो कि फोनको टावर पनि नलाग्ने, बल्ल बल्ल फोनमा यौटा टावर देखायो ममिलाई मेसेज गरे भने " ठिक छु भोलि बिहानै कल गर्छु  राती दसबजे तिर मनराजको घर पुगियो राती सुत्दा मौरी कानमा कराइरहेको अनुहारमा हिनिरहेको अनुभुती सङ्गै मिठाे निन्द्रामा निदाइयो

भोलिपल्ट बिहानै ध्रुव दाइ जिप समातेर आफ्नो बाटो लाग्यौ मनराज लाई धन्यवाद दिदै बाटोमा आउदा, जादा छोडेको मोटर साइकल ल्याउन सकियन त्यसलाइ त्यही छोडियो, पछि लिन आउला भन्दै थिय ध्रुव दाइ


No comments:

Post a Comment